धनगढी: बैतडीका अग्रज पत्रकार जीतसिंह थापाको निधन भएको छ। नेपाल पत्रकार महासंघ बैतडी शाखाका संस्थापक सदस्यसमेत रहेका अग्रह पत्रकार थापाको बुधवार साँझ ७३ बर्षको उमेरमा निधन भएको हो।
स्रोतका अनुसार उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। थापाको दथरथचन्द नगरपालिका-८ पुजारागाउँ भट्टाडस्थित निवासमै निधन भएको हो।
वि.सं. २००७ सालमा जन्मिएका थापाले लामो समय भारतीय राष्ट्रिय दैनिक अमर उजालामा काम गरेका थिए। स्वर्गीय थापाका श्रीमती, २ छोरा र १ छोरी छन्।
उनी भुतपुर्व इन्डियन आर्मी पनि हुन्। उनले फौजम्मै हुदा पनि पत्रकारिताको अभ्यास गर्ने गरेको बताइन्छ। राम्रो लेखन क्षमता भएका उनले सामाजिक काम र पत्रकारितासँगै नेपाली काँग्रेसको राजनीति पनि गरेको निकटस्थहरुको भनाई छ।
तत्कालीन समयमा पार्टीले टिकट नदिएपछि उनके बाघ चुनाव चिन्हबाट स्वतन्त्र चुनाव पनि लडेका थिए।
Facebook Comments Box