काठमाडौँ– इलाममा तीन दिनदेखि बेपत्ता भएकी महिलाको गाडिएको अवस्थामा शव फेला परेको छ । इलाम नगरपालिका–८ सिङफ्रिङमा गाडेको अवस्थामा स्थानीय ३१ वर्षीय बिनिता काफ्लेको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार काफ्ले तीन दिनदेखि बेपत्ता थिइन् । उनी हराएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले पुरिएको अवस्थामा फेला परेको जानकारी दिए ।
हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ ।उनका श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको थियो । उनीहरूका चार वर्षीया एक छोरी छन्। घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
Facebook Comments Box