काठमाडौं– अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भइरहेको छ । आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले बताए ।
पहाडी भू–भागमा मेघगर्जन÷चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
Facebook Comments Box