धनगढी : कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन थन्किएको छ । ६ वर्ष अघि जडान गरिएको मेसिन थन्क्याएर हाल भारतबाट आएका यात्रुका झोला हातले छामछुम गरेर जाँच गरिँदै आएको छ ।
मेसिनबाट जाँच गर्दा छिटो र प्रभावकारी हुने भए पनि भन्सार कार्यालयले भने मेसिन थन्क्याएर राखेको छ । भन्सार कार्यालयले दक्ष जनशक्तिको अभावका कारण मेसिन थन्किएकोमा पछिल्लो समय बिग्रिएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले मेसिन सञ्चालनका लागि विभागमा पत्राचार गरिसकेको बताए ।
हाल मेसिन सञ्चालनमा नआउँदा यात्रुले चेकिङमा दुःख पाउने गरेका छन् । उता भारततर्फ भने मेसिनमार्फत समान जाँच गरिँदै आएको छ ।
Facebook Comments Box