बैतडीः नेकपा एमालेको जिल्ला अधिवेशनमा युवा नेता गोविन्द गिरीले सहमतीबाट नेतृत्व चयनको पक्षमा उभिएका छन्। यसअघि चुनावमा समेत जान तयार भएका गिरी अन्नतः सहमतीबाटै नेतृत्व चयनको पक्षमा उभिएका हुन्।
बन्दसत्रमा सहभागी अधिकांश प्रतिनिधिहरुले अबको पार्टी नेतृत्व युवाहरुले गर्नुपर्ने र उक्त पदका लागि उपयुक्त पात्र गिरी रहेको धारणा राखेका थिए। केन्द्रको राजनिति बुझेका र जिल्लाका कार्यकर्ताहरुमाझ रुचाएका नेताको रुपमा रहेको गिरीलाई अघि सार्न आग्रह गर्दै आएका थिए।
तर पार्टीका जिल्ला नेताहरुले केन्द्रिय नेताहरुसँग समन्वय गरि गोबिन्द गिरीलाई ‘ब्याक’ गराइदिन अनुरोध गरेपछि भने माहोल फेरिएको हो। पार्टी नेताहरुले फोन सम्पर्कमार्फत चुनावमा नजान र भूगोलका पार्टीका नेताहरू समन्वय गरि अगाडी बढ्न निर्देसित गरेका छन्।
अनेरास्ववियुका उपाध्यक्ष समेत रहेका गिरीलाई अनेरास्ववियुको अध्यक्ष बनाउने केन्द्रीय नेतृत्वले प्रतिबद्धता गरेसङ्गै गिरीले पार्टी नेतृत्वले भने अनुरुपको उम्मेदवारलाई बैतडी जिल्लाको अध्यक्ष बनाउन सहयोग गर्ने बताएका छन्। यो सहमतीसँगै नेता नरेश बिक जिल्ला अध्यक्ष बन्ने भएका छन्।