काठमाडौं: राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। दाहाल ३९ मतसहित निर्वाचित भएको घोषणा गरिएको छ।
५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो। यसअघि नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको थियो। मतदान प्रक्रियामा ५६ जना सहभागी भएका थिए।
दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका हुन्।
दाहाल माओवादी स्थायी कमिटी सदस्य हुन्। उनी यस अघिको काँग्रेस– माओवादी सरकारको सिफारिसमा मनोनित कोटाबाट २०७८ फागुन २५ गते राष्ट्रिय सभा सदस्य बनेका थिए।
Facebook Comments Box