काठमाडौं:आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि २० वटा राजनीतिक दल दर्ता भएका छन् ।
आयोगका अनुसार प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ वटा राजनीतिक दल दर्ता भएका हुन् । दल दर्ताका लागि तोकेको हिजोसम्मको अवधिमा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ ।
त्यस्तै,नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन,राष्ट्रिय जनमुक्ति पार्टी,जनमत पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाली जनता दल, बहुजन शाक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले पनि उपनिर्वाचनमा सहभागी हुनका निम्ति निवेदन दिएका छन् ।
रास्वपाले प्रतिनिधिसभामा मात्र सहभागी हुने निर्णय गरेकोले उसले प्रदेशसभाका लागि निवेदन दिएको छैन । गत वर्षको मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् रिक्त इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ मा आयोगले आउँदो वैशाख १५ गते उपचुनाव गराउँदैछ ।