डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको घटनाको कारण खुलेको छ ।
बिहीबार भएको कार्यपालिका बैठ्कमा हाकिममाथि भएको कुटपिटको कारण जनप्रतिनिधीहरुको व्यक्तिगत स्वार्थपुर्ती नभएको बुझिएको छ ।
केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतसँग उनले रिसिइवी राखेको बताइएको छ ।
परशुराम नगरपालिका-६ का वडाध्यक्ष खगेन्द्र सिंहको भनाई यस्तो छ !
कार्यपालिकामा माओवादीबाट विजयी भएका साथीहरूले प्रमुख प्रशासकीय जोशीसँग रिसीभी बोकेका थिए। किनभने उपमेयरका बुढाले राहतबाट दुइरतीन परीक्षा दिनुभएको थियो।
तर, पास भएन्। व्यक्तिगत त्यो रिसीभी तिनीहरूले बोकेका थिए। शिक्षा शाखा प्रमुखसँग विवाद गरेर तीनलाई कार्यपालिका बैठकमा स्पष्टीकरण सोधेर काज फिर्ता गर्नुस् भन्ने निर्णय गर्नुस् भन्दै थिए।
अपांगता परिचयपत्र वितरण उपप्रमुखको संयोजकत्वमा हुन्छ। विभिन्न कारणले त्यो आफ्नो मान्छे ख बर्गकोलाई क मा राखेर एक वर्षसम्म बैठक बस्ने पास नहुने त्यो रोकिएको थियो। एक वर्षसम्म किन वितरण नगरेको उहाँहरूले सेवा सुविधा पाउँथे, तपाईं संयोजक होरु भनेर मैले आज सोधे।
त्यसपछि उपप्रमुख आएर ममाथि हातपात गर्न खोजेको हो। वडा नम्बर ७ को अध्यक्षले प्रमुख प्रशासकीयमाथि कुर्सी प्रहार गर्नूभएको हो।
उपप्रमुख माओवादी केन्द्रबाट विजयी भएकी हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।
सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि कुटपिट गरेका थिए ।
कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको छ ।