काठमाडौंः सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता भएको छ। दुई पार्टीबीच एकता भएको आज जारी विज्ञप्तिमा जनाइएको छ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र समाजवादीका महासचिव रमेशप्रसाद यादवले जारी गरेको संयुक्त प्रेस नोटमा चार बुँदा उल्लेख छ।
नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।’ त्यस्तै वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि चार सदस्यीय कार्यदल बनाइएको छ।
बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ।
साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ। कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन्।