धनगढी : कर्णाली पुल तत्काल सुचारु गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले माग गरेको छ ।
फागुन २८ गते कर्णाली पुलमा ट्रकमाथि भएको आगालागीका कारण बन्द रहेको पुललाई तत्काल मर्मतसम्भारको काम सम्पन्न गरेर आवागमन सुचारु माग गरेको हो ।
शनिबार एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा बसेको प्रदेश सचिवालयको बैठकले आगालागीका कारण पुलमा भएको क्षतिपछि आवागमन रोकिएकोप्रती ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।
Facebook Comments Box