धनगढी: भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको शाहुखर्कमा रहेको ‘बाजेको खिर’ पसल चर्चित छ। सोही पसलमा खिर खान अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पुगेकी छिन्। बुधबार अष्ट्रेलियन राजदूतावासको आधिकारि फेसबुक पेजमार्फत भोल्क उक्त पसलमा गएर खिर खाएको जानकारी दिइएको छ। ‘बाजेको खिर पसलमा खिरको मजा लिइयो’ तीन वटा फोटो राखिएको उक्त फेसबुक पोष्टमा भनिएको छ।
उक्त खिर पस स्वर्गीय शेरबहादुर देउवाले सञ्चालनमा ल्याएका थिए। डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको थियो। अहिले उनका छोराले उक्त खिर पसल बाजेको खिर’ पसलकै नाममा सञ्चालन गरिरहेका छन्।
Facebook Comments Box