डडेल्धुरा– आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नमूना मतदान गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको आयोजनामा जिल्ला सदरमुकाम बसपार्कमा नमूना मतदान गरिएको हो ।
स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । निर्वाचनमा बदर मत कम गर्नकै लागि सबैलाई जानकारी दिन नमुना मतदान गरिएको उनले बताए ।
दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा कूल ९० हजार १ सय १९ मतदाता छन् । ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला मतदाता छन् ।
मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ ।
Facebook Comments Box