धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागु पूर्णिमा पछि विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री शाहले पार्टीको नेतृत्वसंगै प्रदेश सभामा रहेका दलहरु र प्रदेश सभा सदस्यहरुसंग छलफल भईरहेको जानकारी दिदै होलीपछि विश्वासको मत लिने बताए ।
सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि माओवादी र समाजवादीले सरकार छाडेका थिए ।
त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन ।
Facebook Comments Box