काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई जहाँ बसेको भए पनि समातेर ल्याउने बताएका छन् ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा गृहमन्त्री लामिछानेले राई देश वा विदेश जहाँ भए पनि पक्राउ गर्ने दाबी गरेका हुन् ।
सहकारी ठगीमा संलग्नताको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्दै उनको राजीनामा मागिरहेका बेला लामिछानेले राईलाई पक्राउ गरी छाड्ने बताएका हुन् ।
Facebook Comments Box