धनगढी: कैलाली र कञ्चनपुरमा होलीको दिन कयौं मान्छेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन्।
बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीससहित १७ जनाले कर्णाली पुलबाट हामफालेका थिए। तीमध्ये शाही बेपत्ता भएका हुन् भने अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका थिए। उनीहरु सबैले होलीमा मादक पदार्थ सेवन गरेर हाल फालेका थिए।
प्रहरीका अनुसार टीकापुर र चिसापानी एरियाका उनीहरु सबैले ४६ सेकेन्डमा सबैले हाम फालेका थिए।
यस्तै उता कंचनपुर २६ वटा मोटरसाइकलसहित मान्छेलाई नियन्त्रणमा लिएर छोडिएको छ। मापसे गरेकालाई जरिवाना गराएर छोडिएको हो भने कैलालीमा पनि ४० भन्दा बढी मान्छेलाई सवारीसहित नियन्त्रणमा लिएर छोडिएको हो।
त्यस्तै कैलालीमै प्रहरीलाई आक्रमण गर्ने तथा होहल्ला गर्ने ५० जनालाई नियन्त्रणमा लिइएकोमा अहिलेपनी ८ जना थुनामा राखिएको प्रहरीले जनाएको छ।