धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक केन्द्रीय समितिको संघ र प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका बेला सुदूरपश्चिम प्रदेश संसदीय दलले भने उक्त निर्णय अस्वीकार गर्ने भएको छ ।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताएका हुन् ।
चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने बताए ।
रेशम चौधरी अहिले जापानमा रहेका बेला उनकी पत्नि समेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले संघ र प्रदेशमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
२१ जना केन्द्रीय सदस्य मध्ये बुधबारको बैठकमा १२ जनाको उपस्थिति रहेको बताइएको छ ।