धनगढी: नेपाल प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमती (रक्षा) बमलाई हिरासतमुक्त गरेको छ। आज उनलाई हिरासतमुक्त गरिएको हो।
सरकारी वकीलको कार्यालयले बमलाई बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर साँझ स्वास्थ्यको कारण देखाउँदै उनलाई अस्पताल भर्ना गरिएको थियो।
प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको छ। बमले रश्मिला कुमारी धामीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ। उनी प्रहरी नियन्त्रणबाट छुटे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उनको घर सुदूरपश्चिमस्थित धनगढी हो।
Facebook Comments Box