बैतडी,
बैतडीमा बृहत भलिबल प्रतियोगिता सहित महोत्सव आयोजना हुने भएको छ । जिल्ला खेलकुद महासंघको आयोजनामा बृहत भलिबल प्रतियोगिताको तयारी भइरहेको प्रदेश रेफ्री एवं दशरथचन्द नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।
पुरुषतर्फ र महिलातर्फको पुरस्कार राशी समान ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ । द्धतिय पुरस्कार ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार ४४ हजार ४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ११ हजार १११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ ।
यसैगरी उत्कृष्ठ खेलाडीलाई ७ हजार ७७७ रुपैया पुरस्कार प्रदान गरिने छ ।
बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्सर,बेस्ट सरबर, उदयमान खेलाडी र सिनियर खेलाडीलाई जनही ३ हजार ३३३ रुपैया नगद, ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी उत्कृष्ट टिम प्रशिक्षक र व्यवस्थापकलाई पनि सामान ५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।
माथि उल्लेखित पुरस्कार राशी महिला पुरुष दुवै टोलीमा लागु हुने प्रदेश रेफ्री चन्दले जानकारी गराए ।
केही दिनमै पत्रकार सम्मेलनको आयोजनागरी खेल आयोजना हुने स्थान र मितिको टुंगो लगाइने बताइएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद, बैतडीका लागि खेलकुद भन्ने नाराकासाथ, सास्कृति पर्यटन महोत्सव तथा बृहत भलिबल खेल महोत्सवकको आयोजना गरिन लागिएको हो ।
बैतडीमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिन लागिएको हो । यस प्रतियोगितामा करिब सवा पाँच लाख खर्च पुरस्कार राशीमै खर्च हुन गइरहेको छ ।
Facebook Comments Box