धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलले नयाँ समीकरणअनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेकाे छ।
आइतबार संसदीय दलको बैठलले सो निर्णय गरेको हो। प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलले केन्द्रको सत्ता समीकरण अनुरुप सुदूरपश्चिममा पनि सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरिएको जानकारी दिए।
२१ फागुनमा संघमा एमाले-माओवादीसहितकाे गठबन्धन बनेपछि २३ फागुनमा माओवादीले कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहीलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियोे। शाहले २२ चैतभित्र प्रदेशसभामा विश्वासकाे मत लिनुपर्नेछ।
शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी(नाउपा) का सात मध्ये पाँच जनालाई मन्त्री बनाएका छन् तर नाउपाकाे आन्तरिक किचलाेले मुख्यमन्त्री शाह थप अप्ठ्यारोमा परेका छन्।
कांग्रेसका १८ र नाउपाका ७ गरेर शाहकाे पक्षमा २५ जना छन्। राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जाेशीकाे समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पुगाउने पक्षमा छन्। यसै क्रममा माओवादीसहितका दलहरु भने अर्को सरकार गठन गर्ने तयारीमा जुटेका छन्।