धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्रीको अडान गठबन्धन बैठकमा राखेका थिए।
बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ।
बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ। यससँगै माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई आज एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ।
जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ।
Facebook Comments Box