धनगढी: कञ्चनपुरमा लागु औषध (चरेस) सहित २ जना पक्राउ परेका छन्। आज (मंगलबार) जिल्लाको भीमदत्त नगरपालिकास्थित वडा नम्बर ४ को होटल शिव शक्तिबाट उनीहरू समातिएका हुन्।
वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बझाङ जिल्लाको केदारस्यु गाउँपालिका ६ बस्ने वर्ष ३४ को गोविन्द धामी र रुकुम सानीभेरी गाउँपालिका ३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट १.५४ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्रोतका अनुसार रुकुमबाट आयात भएर उक्त चरेस भारत जाने गर्दथ्यो।
Facebook Comments Box