धनगढी : कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक एक पुरुषको शव फेला परेको छ। मोहन्याल गाउँपालिका–६ का महेन्द्र बिकको शव फेला परेको हो ।
शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो अवस्थामा रहेको मृतकको शव बिहान स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको शव टीकापुर अस्पतालमा राखीएको र यसबारेमा थप अनुसन्धान गरिरहेको टीकापुर प्रहरीले जनाएको छ।
मृतक बिक कालिका माध्यामिक विद्यालय मोहन्याल–६ अजिंगरेमा अध्यापन गराउँदै आएका थिए ।
Facebook Comments Box