धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन्।
पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन्। हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन्।
अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्।
सुदूरपश्चिम प्रदेश सरकारले चैत २२ गते प्रदेश सभामा बिश्वासकाे मत लिने कार्यसूची छ। यसैमा नागरिक उन्मुक्ति बिभाजित छ। अध्यक्ष रन्जिता श्रेष्ठले बिपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन भने सरक्षक रेशम चौधरी पक्षीय संसदिय दलका नेता घनश्याम चाैधरी पक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारीमा छन्।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/04/received_2922398744564254-735x1024.jpeg)