काठमाडौं : नेपाली कांग्रेसले बझाङ १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले बझाङ १ मा अभिषेक सिंहलाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए ।
यसअघि बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए । ‘सभापतिज्यूले हिजो जे प्रस्ताव गर्नुभएको थियो आज त्यही निर्णय भयो’, बैठकमा सहभागी ती नेताले भने ।
संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।
Facebook Comments Box