धनगढी : नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।
मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारिएको छ ।
Facebook Comments Box