धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा स्वीकृत भएको छ ।
विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री शाहले आज प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएपछि नयाँ सरकारका गठनको लागि तयारी भइरहेको छ ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भन्दै परामर्शमा जुटेका छन्।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घ भट्टले प्रदेश प्रमुखले कानुनी परामर्शपछि नयाँ सरकार गठनका लागि आह्वान गर्ने जानकारी दिए।
Facebook Comments Box