धनगढी: कैलालीको धनगढीमा आधा करोड बढीका अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीको टोलीले ५७ लाख बढी मूल्यका लत्ताकपडा बरामद गरेको हो।
धनगढी उप-महानगरपालिका वडा नं. ४ स्थित उत्तरखेहडी ईलाकाबाट शुक्रबार ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको डीएसपी साजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडीस्थित जस्तापाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाईछिपाई राखेको अवस्थामा कपडा बरामद गरिएको हो।
सशस्त्रले विशेष सूचनाको आधारमा ३४ नम्बर गण हेक्वा कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले उक्त अपरेसन चलाएको थियो।
उक्त बरामद लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको प्रहरीले जनाएको छ।
Facebook Comments Box