धनगढीः कैलालीका विभिन्न ठाउँबाट भन्सार छलिको सामान बराद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क, भजनी नगरपालिका–३ ठेकीपुल, भजनी–५ जुठाघाट, भजनी–६ थापापुर र भजनी–८ जनकपुरबाट भारतबाट भन्सार छलि गरेर ल्याएको सामान बरामद गरेको छ।
भन्सार छलि गरेर ल्याएको अन्दाजी १ लाख ३१ हजार ८ सय मुल्य बराबरको प्याज, चिनी, मोबायलका विभिन्न सामान, बिडी, छिद्रा माछा लगायतका सामान बुधबार प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Facebook Comments Box