काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नयाँ नेपाली वर्षको शुभकामना व्यक्त गरेका छन्। एक सन्देश जारी गर्दै उनले २०८१ सालको शुभकामना व्यक्त गरे।
शुभकामनासँगै उनले नेपाल र नेपालीको वर्तमान व्यवस्था र अवस्थाबारे पनि चिन्ता जनाएका छन्। नेपाली जनता युवाहरुको अवस्था बिग्रेदै गएकोमा उनको चिन्ता छ।
त्यस्तै उनले कसैलाई निषेध नगरी राष्ट्रिय चिन्ता र चासोबारे पुनर्विचार गर्नसमेत सुझाएका छन्।
Facebook Comments Box