काठमाडौं: नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।
पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा पाण्डे माओवादी केन्द्र प्रवेश गरेका हुन्।
उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै नेपाल समाजवादी पार्टीमा आवद्ध थिए।
लामो समय भट्टराईका स्वकीय सचिव रहेका पाण्डे अहिले माओवादी केन्द्रमा फर्किएका हुन्।
Facebook Comments Box