धनगढी: धनगढीकी अन्जु पुरीको उपचारका लागि सहयोग गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिकाका अध्यक्षसमेत रहेका अभिषेक लोक नाथको टिमले पुरीलाई सहयोग गरेको हो।
नाथको टिमले पुरीको परिवारलाई रकम संकलन गरेर अढाइ लाख बढी रकमको चेक हस्तान्तरण गरेको जनाएको छ।
धनगढी उपमहानगरपालिका-२ की अनु पुरीको फोक्सोको क्यान्सर रोगबाट ग्रसित भई हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको छ। उनको उपचारमा आर्थिक समस्या भएपछि सहयोग जुटाइएको बताइएको छ।
Facebook Comments Box