धनगढी: नेपाल सद्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ। एक विज्ञप्ति जारी गर्दै पार्टीको एकता तोडिएको जनाइएको छ।
एकताको सहमति पूरा नगरेको र नाउपामा श्रीमान् (रेशमलाल चौधरी) र श्रीमती (पार्टी अध्यक्ष रन्जिता चौधरी)को विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद्भावना पार्टी अलग भएको हो।
नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ।
नाउपा र नेपाल सद्भावना पार्टीबिच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो।
Facebook Comments Box