काठमाडौँ: पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ ।
समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले बताए ।
दिपेशलाई ‘बुटवलबाट काठमाडौँ ल्याएर अनुसन्धान गरिने भएको छ ।
उनी सुप्रिम सहकारीका पूर्वसचिव र अहिलेका कोषाध्यक्ष हुन ।
अनुसन्धानको क्रममा उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेश्कीबापत ३ लाख लिएको भेटिएको छ । तर, पुनले पेश्की भौचरमा भएको दस्तखत आफ्नो नभएको जिकिर गरेका छन् ।
बयानमा उनले पेश्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दिपेशकुमाार पुन भएको हुँदा नाम समेत फरक रहेको बताएका छन ।