धनगढी: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वर थापा दिउँसो-दिउँसो स्पा (मसाज सेन्टरमा) जाने गरेको भेटिएको छ। स्रोतका अनुसार अस्ती मंगलबारमात्रै दिउँसो इन्सपेक्टर थापा महेन्द्रनगरस्थित कोहीनुर स्पामा प्रकट भएका थिए।
यतिमात्र होईन, थापा सदाजसो सादा पोसाकमा स्पातिर जाने गरेका छन्। उनलाई स्थानीयले त्यहाँ छापा हान्न आएको हुनसक्ने सोचेपनी उनी त्यहाँ छापा हान्न नगएको बुझिएको छ। स्पास्रोतका अनुसार उनले मसाज गराउन आउने जाने गरेको बताइन्छ।
तर, यता इन्सपेक्टर थापाले भने आफू निरीक्षणमा जाँचबुझका लागि त्यहाँ गएको बताएका छन्। आजकल हप्ताहप्तामा सादा पोसाकमा आफू महेन्द्रनगरका स्पामा अनुगमनका क्रममा पुगिरहेको उनको भनाई छ।
तर, उता डीएसपी उमेशराज जोशीले भने हाल स्पामा कुनै अनुगमन तथा छापा नहानिएको जानकारी दिएका छन्। यसले इन्सपेक्टर थापाले भनेको अनुगमनमाथि नै शङ्का पैदा भएको छ।
पछिल्लोसमय केही प्रहरीले स्पाबाट रकम बुझ्ने गरेको समेत आरोप लाग्दै आएको छ।
र, यो पनिः कञ्चनपुरको ‘धन्दावाला’ डायमण्ड स्पा प्रहरीको टार्गेटमा
कञ्चनपुरको डायमण्ड स्पामा अनैतिक गतिविधि, भेटिए कण्डम
महेन्द्रनगरका यी ४ स्पामा छापा, धनगढीमा पनि निगरानी