प्रहरीको साइबर ब्यूरोले कथितरुपमा अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि जाजरकोटका गणेशमान सिंहले ‘औषधि’ सेवन गरेको बताएका छन् । वैशाख १२ मा औषधि सेवन गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै छ । गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् । फेसबुकमा सञ्चार भएको भिडियोमा उनले धम्की दिएपछि मैले औषधि सेवन गरेँको बताएका छन ।
सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको छ । कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले उनले एकैपटक अत्यधिक प्यासासिटामोल खाएको बताए।’ उनका अनुसार सिंहले २० ट्याब्लेट प्यारासिटामोल एकैपटक खाएका हुन् ।
साइबर ब्यूरोले विज्ञप्ति नै प्रकाशन गरेर सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको दाबी गरेको छ । ब्यूरोको विज्ञप्तिमा ‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सवैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरेको छ ।’
इलामको होटलबारे सिंहले ऋषिराज झा नामको फेसबुक आइडीबाट अश्लील सामग्री पोष्ट गरेको र त्यसबारे अनुसन्धान गर्न उनलाई बोलाएको ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोको विज्ञप्ति ;