धनगढी: धनगढीमा मर्निङ वाकमा दुर्घटनामा परेकी ईन्द्रादेवी पन्तको निधन भएको छ। ६८ दिनदेखि मायामेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचाररत ७० वर्षीया पन्तको सोमवार निधन भएको हो।
फागुन १६ गते मर्निङ वाकमा निस्किएकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी पन्तको खुट्टा मिनि ट्रकमा अल्झिएको टेलिकमको तारमा बेरिएको थियो। र, ट्रकले तानेर पाँच सय मिटर जति सडकमा घिसारेपछि उनी गम्भीर घाईते भएकी थिइन्।
सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत पन्तको सोमवार निधन भएको हो।
Facebook Comments Box