धनगढी: बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ पोखरीकी १९ वर्षीया रेश्माकुमारी धामी मृत फेला परेकी हुन्।
आफ्नै घरभित्र कोठामा झुण्डिएको अवस्थामा बुधबार दिउँसो १२ बजेतिर धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
उनी जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत थिइन्।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box