काठमाडौं: नापी विभागका बदनाम उपसचिव दामोदर ढकालको अर्को दलालीको कनेक्सन भेटिएको छ। झण्डै एक दशक राजनैनिक पावरको भरमा विभागमा अड्डा जमाएका ढकालको सेटिङ र दलालीको सञ्जाल पनि ठूलै छ।
स्रोतका अनुसार ढकालले विभिन्न भूमाफिया र नेताहरू एवं मालपोतका कर्मचारीसमेतलाई मिलाएर अनेकौं जग्गा हडप्न सहयोग गर्ने गरेका छन्। उनले विगतदेखि नै काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सरकारी एवं ऐलानी (प्रती) जग्गा कब्जामा लिने सञ्जाल निर्माण गरेका हुन्।
सोही सञ्जालका एक सदस्य हुन्, बाराका बलराम उप्रेती। उसो त उप्रेती ढकालका मात्रै होइनन्। उनका अनेकौं सेटिङवाला पार्टनर र विधाहरु छन्। ढकालसँगको सेटिङमा उप्रेतीले जग्गा दलाली थालेको र ठगीसमेत गर्ने गरेको बताइन्छ।
यतिसम्म कि सरकारी जग्गाहरु हडप्ने क्रममा देशकै चर्चित प्रकरण झापाको गिरीबन्धु टीस्टेटमा पनि ढकालको विशेष भूमिका रहेको बुझिएको छ।
उता उप्रेतीले जग्गा हत्याउनेमा मात्र होइन, अनेक धन्दामा विचौलीयाको भूमिका निभाउने गरेका छन्।
चिल्लो करोडौं पर्ने गाडी चढ्ने उप्रेती काठमाडौं प्रहरी परिसरमा तत्कालीन एसपी पुष्कर कार्की हुँदा जग्गा हिनामिनाको केसमा पक्राउ पनि परेका थिए। तर उनीमाथि कुनै ठोस अनुसन्धान एवं कारबाही भने अहिलेसम्म नभएको जानकारहरु बताउँछन्।
उनै उप्रेतीको इतिहास कोट्याउदा उनले आफू एपीवान टेलिभिजनको डाइरेक्टर बताउँदै एक ठूलो सञ्चार माध्यमका मालिकको निर्देशनमा
जग्गा दलाली, सहकारी ठगी, तत्कालीन समयका अग्नि एयर, गुण एयरको घोटाला प्रकरणसमेत घटाएको स्रोतको दाबी छ।
स्रोतका अनुसार उप्रेतीको यी सबै घटना र प्रकरणमा संलग्नता भएको भएपनि कुनै अनुसन्धान एवं छानबिन भएको छैन।
अहिले पनि उप्रेतीमाथि अग्नी एयर, गुण ग्रुप, विभिन्न सहकारीसमेतलाई धरासायी बनाएको आरोप छ।
जबकी तत्कालीन समयमा घरजग्गा व्यवसायी सुधिर बस्नेत भने पक्राउ नै परेका थिए।
पक्राउ परेपछि उनले कारबाही पनि भोगेका थिए। यस्तै अर्का व्यवसायी राजेन्द्र शाक्यलाई पनि उप्रेती समूहले नै डुबाएको बताइन्छ।
शाक्य गुण ग्रुपका अध्यक्ष हुन्। यो ग्रुप मार्फत घरजग्गा, सहकारी तथा गुण एअरलाइन्समा समेत लगानी गरिएको थियो। तर सो लगानी उप्रेतीकै सक्रियतामा डुबेको दाबी गरिएको छ।
२०७७ सालतिर स्युचाटारमा रहेको जिसाको हाउजिङमा पनि उनै विवादास्पद व्यवसायी उप्रेतीले जालसाजी गरेर जिदेन्द्र बहादुर श्रेष्ठको ५४ रोपनी ११ आना जग्गा रुप ज्योति र अभिक ज्योतिलाई बिक्री गरेर सित्तैमा अर्काको सम्पत्ति हडपेका पाइएको थियो।
र यो पनि !
नापीका उपसचिव ढकालको आतंक: डीजीसमेत अन्डरमा, अख्तियारसम्मै सेटिङ
नापीका डीजी जोशीमाथि राणाको आशीर्वाद, कसरी बने मन्त्रीका विश्वासपात्र ?