धनगढी : सेती प्रादेशिक अस्पतालले सार्वजनिक बिदाको दिनपनी सेवा प्रवाह गर्ने भएको छ ।
नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेका सबै सार्वजनिक बिदाका दिनमा अबदेखि स्वास्थ्य सेवा दिने भएको हो ।
आज जेठ ९ गते बुद्ध जयन्तीको बिदाको दिनबाट सेवा दिन सुरु गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले जानकारी दिए ।
उनले अब नियमित रुपमा सार्वजनिक बिदाहरुमा पनि अस्पतालले सेवा दिने बताए ।
आज बिहीबार झण्डै दुई हजार बढी बिरामीले सेवा लिएका छन् ।
Facebook Comments Box