धनगढीः धनगढीका डाक्टर निराजनदत्त शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ।
नेपाल औषधी व्यवसायी संघ कैलालीले डाक्टर शर्माले धम्काएको भन्दै बुधबार प्रशासनमा निवेदन दिएको जनाएको छ।
डाक्टर शर्माले औषधी व्यवसायी मेगेन्द्र बोहरालाई धम्की दिएको भन्दै निवेदन दिइएको हो।
डाक्टर शर्मा सेती अस्पतालमा कार्यरत हुनुका साथै उनको आफ्नै गरिमा पोलिक्लिनिक छ। शर्माले आवश्यक औषधीको आपूर्ति उत्पादक कम्पनीबाट सोझै नगरेको भन्दै धम्काएको आरोप छ। तर आफूले धम्की नदिएको शर्माको दाबी छ।
Facebook Comments Box