काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दिएको रिटमा आईजी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि आगामी जेठ १७ गते अर्को पेसी तोकेको छ ।
अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।
Facebook Comments Box