काठमाडौंः नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द प्रहरी छानविनमा तानिएका छन्। चन्द सञ्चालक रहेको एक कम्पनीको सुन तस्करी गर्ने चिनियाँ गिरोहसँग सम्पर्क देखिएपछि चन्द पनि छानविनमा तानिएका हुन्।
उच्च प्रहरी स्रोतका अनुसार सजिलो पे नामक कम्पनीमा चन्दको लगानी रहेको छ। उनी कम्पनीको सञ्चालक समिति सदस्य समेत हुन्। सोही आधारमा चन्द पनि छानविनमा तानिएका हुन्।
हालसम्मको अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि सुन तस्करी जस्तो धन्दामा संलग्नहरूलाई सघाएको देखिएपछि चन्द समस्यामा परेका हुन्। यसअघि सीआईबीले ‘पेवल नेपाल र सजिलो पे’ का गरी ६ कर्मचारीलाई पक्राउ गरेको थियो।
झण्डै ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा डिजिटल भुक्तानी कम्पनी सजिलो पेसहित पे वेल पनि तानिएका थिए।
Facebook Comments Box