काठमाडौं : अर्शदीप सिंहको घातक बलिङसँगै आसीसी टी२० विश्वकप अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनायो।
अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे ।
अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे ।
प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो ।
यस्तै, अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।
आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको सुपर–८ मा स्थान निश्चित गर्नेछ ।