धनगढी: नेपालको सुदूरपश्चिमस्थित प्रदेश र भारतीय उत्तराखण्ड प्रदेशबीच संयुक्त रुपमा पर्यटन प्रवर्द्धनका लागि छलफल गरिएको छ। हिजो (शनिबार) नेपालस्थित धनगढीबाट पदमविक्रम सिंहसहितका पर्यटन व्यवसायीलाई नेपालसँगै जोडिएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीलाई भेटेका थिए।
भेटका क्रममा सुदूरपश्चिमसँग निकट रहेको सो प्रदेश र सुदूरपश्चिमले संयुक्त रुपमा पर्यटन प्रवर्द्धन गर्न सकिने विषयमा छलफल भएको थियो।
भेटवार्ताको विषय जानकारी गराउदै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि नेपाल र उत्तराखण्डबीच आपसी पर्यटन प्रवर्द्धन गर्ने विषयमा पर्यटन व्यवसायीसँग छलफल भएको बताए। सो छलफलले नेपाल र भारतको पनि सम्बन्ध मजबुत हुने उनको दाबी छ।
Facebook Comments Box