धनगढी : धनगढीको लक्ष्मीनारायण मन्दिरले ज्येष्ठ नागरिक मुक्तिनाथ धार्मीक भ्रमण कार्यक्रममा उपमहानगरपालिकाबाट १६ लाख ७५ हजार ७२० रुपैयाँ लिएको पाइएको छ तर मन्दिरले उपमहानगरपालिकालाई खर्चको बिल नबुझाउँदा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिले १६ लाख ७५ हजार भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ। मन्दिर सञ्चालक समितिले भ्रमणका क्रममा गाडीमा इन्धन प्रयोग गरेको भनि ६ लाख ८६ हजार रकम दाबी गरि भुक्तानी लिएको तर खर्चलाई पुष्टि गर्ने इन्धनको बिल पेश नगरेको देखिएको भनिएको छ।
महालेखाले पालिकाले उक्त खर्च पुष्टि गर्ने बिल पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रकम भनि उल्लेख गरेको छ।
Facebook Comments Box