धनगढी : उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसंग भेटघाट गरेका छन्। तेस्रोपटक प्रधानमन्त्री बनेका मोदीलाई बधाई दिएका हुन्।
मोदीलाई महासु देवता मन्दिरको प्रतिकृति, प्रसाद सामग्री र श्री बद्रीनाथ धामको शालसमते मुख्यमन्त्रीले प्रदान गरिएका थिए।
यस्तै जौनसार बावर क्षेत्रमा रहेको महासु देवता मन्दिर क्षेत्रलाई गुरुयोजनाअन्तर्गत विकास गर्न प्रधानमन्त्रीसँग छलफल गरेको छन्। वार्ताका क्रममा प्रदेशको विशेष भौगोलिक अवस्था र रणनीतिक परिप्रेक्ष्यलाई ध्यानमा राखी अधिसूचित नियमावली २०७४ को व्यवस्थालाई यथावत राख्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो।
साथै, अलकनंदा, भागीरथी र सहायक नदीहरूमा प्रस्तावित जलविद्युत परियोजनाहरूका सम्बन्धमा, माननीय। सर्वोच्चको निर्देशनमा गठित विज्ञ समिति–२ को अन्तिम प्रतिवेदन जलशक्ति मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पुनः पुनरावलोकन गर्न माग गरिएका छन्।
बैठकमा प्रधानमन्त्रीबाट एकीकृत उत्पादन क्लस्टर खुर्पिया, देहरादून–मसुरी रेलमार्ग आयोजनाको स्वीकृति, प्रस्तावित जेओलिकाङ–वेदाङ ०५ किमी, सिपु–टोला २२ किमीको स्वीकृति लिइएको थियो। मिलम–लापथल ३० किलोमिटर सुरुङमार्ग आयोजनाको प्रशासनिक र आर्थिक स्वीकृतिका लागि पनि अनुरोध गरेका छन्।
साथै, मानसखण्ड मन्दिर माला मिशनको पहिलो चरणमा १६ वटा मन्दिरको सर्वाङ्गीण विकास र मन्दिर सडकलाई २ लेन बनाउन रु १ हजार करोड सहयोग उपलब्ध गराउन अनुरोध गरे।
राज्यमा लगानी प्रवर्द्धनका लागि मल्टि मोडेल लजिस्टिक पार्क (एमएमएलपी) र औद्योगिक विकासका लागि भेल हरिद्वारको जग्गा राज्यलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरे।
यस्तै मुख्यमन्त्री धामीले केन्द्रीय गृहमन्त्री अमित शाहलाई समेत नयाँ दिल्लीमा भेटेर बधाई दिएका छन्। शाललाई गृहमन्त्रीको रूपमा दोस्रो कार्यकालको लागि बधाई दिएक हुन्। सो अवसरमा प्रदेशको विकासका विभिन्न विषयमा छलफल गरी गरेका छन्।
गृहमन्त्रीलाई राज्य विपद् उद्धार कोष अन्तर्गतको पुनर्निर्माणका लागि रकम बढाउन र नैनीतालमा रहेको शत्रु सम्पति मेट्रोपोल होटल कम्प्लेक्सको सम्पूर्ण जग्गा सवारी पार्किङका लागि प्रदेश सरकारलाई दिन आग्रह गरेका छन्।
प्रदेशमा सञ्चालित चारधाम यात्रा र छिट्टै सुरु हुने कन्वर यात्राका विषयमा पनि छलफल भएको थियो। माननीय गृहमन्त्रीको उपस्थितिले सधैं सकारात्मक उर्जा झल्कन्छ।