धनगढी: बझाङ घर भएका नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य ऐन महरका नाममा अदालतले पुर्जी जारी गरेको छ। असार ३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै उच्च अदालत पाटनले पुर्जी जारी गरेको हो।
रश्मिलाकुमारी धामीले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले जेठ ३२ गते म्याद जारी गरेको हो। असार ३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले महरलाई आफैँ उपस्थित हुन वा वारेसमार्फत लिखित जवाफ पेश गर्न भनेको छ। अन्यथा कानुनबमोजिम हुने अदालतले स्पष्ट पारेको छ।
अदालतले जेठ ९ गते प्रतिवादीको नाममा म्याद सूचना पठाएको थियो। तर, म्याद तामेल हुन नसकेपछि दोस्रो पटक पत्रिकामा सूचना प्रकाशित गरेको हो।
बझाङवासी महर र अखिलकी कार्यकर्ता रहेकी रश्मिलाबीच लामो समयदेखि विवाद छ। आफूमाथि यौन दुर्व्यवहार गरेको जनाउँदै शुरुमा रश्मिला जाहेरी लिएर प्रहरीमा पुगेकी थिइन्। तर, जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि उनी उच्च अदालत पुगेकी हुन्।
उत्प्रेषणसमेतको आदेश माग्दै दर्ता भएको मुद्दा इजलासमा पेश गरी अदालतले जेठ ९ गते प्रतिवादीको नाममा म्याद सूचना पठाएको थियो। तर, म्याद तामेल हुन नसकेपछि दोस्रो पटक पत्रिकामा सूचना प्रकाशित गरेको हो।
र यो पनि !
यौन विचलनको गम्भीर आरोपपछि गुम्यो ऐन महरको केन्द्रीय सदस्य पद !
ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी
एमाले सुधार्न ऐन महरले संघर्ष गर्ने
केन्द्रीय सदस्यबाट ऐन महरले दिए राजीनामा