धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ।
नाउपा सुदूरपश्चिमका संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जानकारी दिए। उनका अनुसार उनीहरू फिर्ता नआए कारबाही गरिने छ। उता मन्त्री कैलाशले भने आफू फिर्ता नहुने र पार्टी केन्द्रको निर्देशनअनुसार चल्ने उनको भनाई छ।
सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री छन्। चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमि सुधारमन्त्री छन्।
उनीहरू नाउपामा रञ्जिता श्रेष्ठ पक्षका हुन्। तर आजमात्रै रञ्जितालाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको छ।
यसअघि प्रमुख सचेतक रहेका चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन्। यस्तै प्रमुख सचेतकमा पार्टीका संरक्षक रेशमलाल चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन्।
नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएका हुन्।
र, यो पनि: सुदूरपश्चिममा नाउपाले आफ्ना मन्त्री फिर्ता बोलाउने
सुदूरपश्चिममा मुख्यमन्त्री दिनेलाई समर्थन गर्ने रेशमलालको दाबी