काठमाडौँ : लगातारको वर्षाका कारण बहाव बढेको बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धारका भएको छ।
शनिबार दिउँसो कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको उद्धारको लागि सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको थियो।
उद्धार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको नेपाल प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२० विपद् उद्दारगण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १५ परिचालन गरिएको थियो।
त्यस्तै सशस्त्रको नं.१८ निलबाराहीगण किर्तिपुरबाट १० जनाको टोली खटाइएको थियो।
Facebook Comments Box