डोटी– डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिका–१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको हो । दुर्घटनामा २५ वर्षीय चालक रमेश दास र जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा घाइते भएका छन् । जसमध्ये थापाको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box